पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर घाइते
पाेखरा | भदौ ५, २०८१
पोखरा: पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर सारु घाइते भएका छन् ।
नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भएका भिम बहादुर सारु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ । थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सारुको कम्मर र खुट्टामा चोट लागेको छ । उनको सृजनाचोकस्थित मेट्रासिटी अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउँदै
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

